तिमी कति निर्दयी रहेछौं सरकार ! आफ्नो नागरिकलाई भोट बैङ्क मात्र सम्झिएका रहेछौं भन्ने अहिले आएर थाहा भयो। त्यति मात्र हैन, नागरिक नसंम्झेर श्रमिक र मजदुर मात्र ठानेका रहेछौं। यूनानी, रोमन र मध्यकालिन युरोप अफ्रिकी समयका दास मात्र संझेका रहेछौं।जतिखेर उसले रेमिट्यान्स पठाईरहेको थियो,उ अब्बल दर्जाको नागरिक थियो। तर, आज आएर थाहै नपाई माहामारी रोग भित्राउने भाइरस बनिसकेछ।
तिमी कति निर्दयी रहेछौं सरकार ! आफ्नो नागरिकलाई भोट बैङ्क मात्र सम्झिएका रहेछौं भन्ने अहिले आएर थाहा भयो। त्यति मात्र हैन, नागरिक नसंम्झेर श्रमिक र मजदुर मात्र ठानेका रहेछौं। यूनानी, रोमन र मध्यकालिन युरोप अफ्रिकी समयका दास मात्र संझेका रहेछौं।जतिखेर उसले रेमिट्यान्स पठाईरहेको थियो,उ अब्बल दर्जाको नागरिक थियो। तर, आज आएर थाहै नपाई माहामारी रोग भित्राउने भाइरस बनिसकेछ।
त्यसको पनि राम्रो ब्यबस्थापन गर्न सकिन्थ्यो होला। अहिले राहत कोषमा झण्डै २अर्व जम्मा भईसकेको छ। त्यसको केही प्रतिशत छुट्याएर सिमानामा अलपत्र परेर बसेका आफ्ना नागरिकको उचित ब्यबस्थापन गर्न सकिन्छ होला। स्थानिय तहमा स्वयम् सेवक र समाजसेवीहरु निस्शुल्क अहोरात्र खटिरहेका छन्। यो जिम्मा उनिहरुलाई दिन सकिन्थ्यो। तर, हामीलाई के भयो सरकार ! हामी किन यस्तो निर्दयी बन्यौं। मानवता हराएको देश भनेर आफैले आफैलाई दुत्कार्नु नेपालीहरुको दुर्भाग्य हो। यस्तो किन बनायौं सरकार। संझिदा नि मुटु दुखेर आउँछ।
माहामारी प्रकोपको कारणले अन्य देशहरुले आफ्ना नागरिकलाई विमान चार्टर गरेर लागि सके, कतिले लादैछन्। अस्ति भर्खरै अष्ट्रेलियाले हाम्रै विमान चार्टर गरेर आफ्ना नागरिकहरु लिएर गयो। तर तिमी चाहिँ विश्व स्वास्थ्य संगठन (ध्ज्इ) ले जहाँ छ त्यही रहनु भन्ने आदेशको पालना गर्दै छौँ। अब ती विमान चार्टर गरेर आफ्ना नागरिकहरु देश फर्काउनेहरुलाई कानून उलङ्घन गरेको आरोपमा अन्तराष्ट्रिय अदालतले समाउछ होला। सके हेग नै पठाउछ होला। तर तिमी कति अनुसाशीत नियमको पालनाकर्ता।
तिमी कानूनको अक्षरस पालनाकर्ता रहेछौं। यो राम्रो पक्ष हो। तर कुन अवस्थामा भन्ने सामान्य ज्ञान पनि रहेनछ, यो पनि थाहा भयो। केही कुरा त अरुको देखेर पनि सिक्नु पर्ने हो। कानून कै कुरा गर्ने हो भने नेपाल मात्र होइन, संसारको कुनै पनि कानूनले भ्रष्टाचार गर्न पक्कै छुट दिएको छैन। तर तिमीले त बिपदको घडीमा पनि कमिशन खोज्यौं। मुर्दालाई जलाउने दाउरा र कात्रोमा कमिशन खोजे जस्तै। जनताको कर र तिम्रो पद, नाङ्गो र निर्लज्ज तरिकाले खुलमखुल्ला भ्रष्टाचार गर्ने साधन बनायौं। त्यो पनि स्वास्थ्यजन्य सामाग्रीहरुमा। अलिकति लज्जाशरम भएन सरकार ?
पूँजिवादी अर्थ ब्यबस्थाले अकुत सम्पत्ती थुपारेर अनुत्पादक बन पक्कै भनेको छैन होला। बरु, पूँजीलाई उत्पादक मुलक कार्यमा लगानी गरि रोजगारीको सिर्जना गर भनेको हुनुपर्छ (बर्तमान समयमा रोजगार लाई कोरोना संक्रमित र गरिव उद्वार ब्यबस्थापनमा लगानी गर्न सकिन्छ)। यस्ता कुराहरु मलाई भन्दा तिमीलाई धेरै आउँछ। हुन त तिमी कम्युनिष्ट बिचारधाराको साम्यवादी मान्छे। पूँजीवादी अर्थ ब्यबस्था मन नपर्ला। साम्यवादले यस्तै नकारात्मक कुराहरु मात्र सिकाउछ भने, हामीलाई तिम्रो साम्यवादी ब्यबस्था चाहिएन। कम्युनिष्ट ब्यबस्था चाहिएन। आउदो चुनाव मलाई भोट देउँ भन्दै नहिड्नु। तिमीलाई पराजयको अग्रिम शुभकामना।
संसार मै आब्बल दर्जाको रुपमा गणना भएको सरकार आज किन यति लाचारी र कमजोर सावित बनायौं। जनताको नजरबाट कलङ्कित भैसकेका पात्रहरुलाई अझै पनि काखी च्यापेर कुन यात्रामा जाँदै छौं सरकार। अब त नेपाली जनतालाई प्रष्ट भयो राजा भएर देशको दुर्गति भएको होइन रहेछ। जस्तो सुकै अवस्थामा पनि लुट्न नपाएर पो राजा फालिएको रहेछ। अन्य देशका सरकार र जनताहरु माहामारीका बिरुद्धमा छन्। तर, हामी जनताहरुलाई तिम्रै बिरुद्धमा उभिन किन बाध्य बनायौं ?
र अन्त्यमा, सरकार ! अझै पनि केही बिग्रिएको छैन। समय हुँदै केही गर्न सकिन्छ। आफ्ना नागरिकहरुलाई सरकार नभएको अनुभुती नदिलाउ। आफ्ना नागरिकहरुलाई सिमानामा अलपत्र छाडेर राष्ट्रवादको खाडो नजगाउ। तुरुन्त उद्वार गर। पर्याप्त स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउ। सरकार भएको अनुभूती दिलाउ। यो सम्पूर्ण नेपालीहरुको आवाज हो। माटोको आवाज हो। आफ्नो माटोबाट कसैले बन्चित हुनु नपरोस।
सबै को जय होस !!!