काठमाडौं । गत पुसदेखि देश दौडाहमा सक्रिय रहेका पूर्वराजा ज्ञानेन्द्र विक्रम शाह आगामी २२ गते अर्थात् बुधबार प्रदेश नम्वर दुईका तराईका केही जिल्लामा रहेका विभिन्न मठ मन्दिर तथा शक्तिपीठको दर्शनका लागि भ्रमणमा जाने भएका छन् । पूर्वराजाको उक्त भ्रमणका बारेमा गत शुक्रबार नै उनका संवाद सचिव डा.फणिराज पाठकले जानकारी दिएपनि भ्रमणको तालिका भने सोमबार मात्रै सार्वजनिक गरिएको हो ।
काठमाडौं । गत पुसदेखि देश दौडाहमा सक्रिय रहेका पूर्वराजा ज्ञानेन्द्र विक्रम शाह आगामी २२ गते अर्थात् बुधबार प्रदेश नम्वर दुईका तराईका केही जिल्लामा रहेका विभिन्न मठ मन्दिर तथा शक्तिपीठको दर्शनका लागि भ्रमणमा जाने भएका छन् । पूर्वराजाको उक्त भ्रमणका बारेमा गत शुक्रबार नै उनका संवाद सचिव डा.फणिराज पाठकले जानकारी दिएपनि भ्रमणको तालिका भने सोमबार मात्रै सार्वजनिक गरिएको हो ।
डा पाठकका अनुसार केही समयदेखि झापमा रहेका पूर्वराजा ज्ञानेन्द्र आगामी २२ गते अर्थात् बुधबारदेखि प्रदेश नम्वर २ का धनुषा, सर्लाही, उदयपुर र सप्तरीलगायतका जिल्लाहरुमा अवस्थित देवी देवताका मठ मन्दिर तथा शक्तिपीठको दर्शन गर्ने छन् ।
त्यहाँ रहँदा पूर्वराजाले धनुषाको जनकपुरधामस्थित सीताशरण होटललाई आफ्नो मुकाम बनाउनेछन् र त्यहींबाट विभिन्न जिल्लाहरुको भ्रमणमा जानेछन् ।
जसअनुसार २३ गते पूर्वराजाले सर्लाहीको मलंगवास्थित शिवमन्दिरमा पूजापाठ तथा दर्शन गर्नेछन् भने सोही दिन पुनः जनकपुर फिर्ता भएर अर्को दिन २४ गते रामजानकी मन्दिरमा दर्शन तथा पूजापाठ गर्नेछन् । यसैगरी २५ गते उदयपुरको गाइघाटस्थित राधाकृष्ण मन्दिरमा दर्शन तथा पूजापाठ गरेर पुनः जनकपुर फर्कनेछन् ।
त्यस्तै गरी २६ गते जनकपुरबाट सप्तरी पुगेर राजविराजस्थित छिन्नमस्ता देवीको मन्दिरमा आराधना तथा तथा पूजापाठ गर्नेछन् भने सोही दिन पूर्वराजा ज्ञानेन्द्र झापा फर्किर्ने कार्यक्रम तय गरिएको छ ।
प्रायाः देश दौडाहका क्रममा विभिन्न मठ मन्दिर तथा शक्तिपीठमा रानी कोमलसाथ जाने गरेका पूर्वराजा भने यतिवेला एक नीजि सचिव र आफ्नो सुरक्षा अंगका साथ मात्रै जानेछन् । रानी कोमल छोरा (पूर्वयुवराज) पारश एक्कासी विरामी भएपछि यसअघि झापामा रहेकी उनी सिमराबाट काठमाडौं पुगेर पुनः सिमरा हुँदै झापा फर्किए पनि हाल पुनः तीन दिन अघि मात्रै काठमाडौं फिर्ता भइसकेकी छन् । त्यसैले पूर्वराजा ज्ञानेन्द्र ती जिल्लामा रहेका विभिन्न मठ मन्दिर तथा शक्तिपीठमा एक्लै दर्शन, पूजापाठ तथा आराधना गर्ने भएका हुन् ।
यसरी विभिन्न मठ मन्दिर तथा शक्तिपीठमा दर्शन, पूजापाठ तथा आराधना गर्ने क्रममा देशदौडाहमा निस्किने पूर्वराजा ज्ञानेन्द्रले आमनेपाली जनताले सुनाउने उनीहरुका पीरमर्का र गुनासालाई गम्भीर रुपमा सुन्दै आएका छन् भने ती गुनासाहरुलाई विभिन्न समयमा देशवासीका नाममा दिने सम्बोधनमार्फत सरकारलाई सचेत गराउँदै आएका छन् ।
यस्तो देशदौडाहमा पूर्वराजा जाँदा देखिन्ने जनलहर र उनले दिने सन्देशप्रति राजनीतिक दलका केही नेताहरुले टिप्पणी समेत गर्ने गरेका पाइन्छ । तथापि पूर्वराजा ज्ञानेन्द्रको देशदौडाहमा उनलाई ०६२/६३ पछि असंबैधानिक रुपमा भूमिकाविहिन गरेको भन्दै जनताले वर्तमान राजनीतिप्रति गुनासो गर्ने गरेको पाइन्छ ।