भारतको राजधानी नयाँ दिल्लीमा सोमबार रातिदेखि लकडाउन हुने भएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज राति १० देखि आउँदो सोमबार बिहानसम्म दिल्ली सरकारले लकडाउन घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा सोमबार रातिदेखि लकडाउन हुने भएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज राति १० देखि आउँदो सोमबार बिहानसम्म दिल्ली सरकारले लकडाउन घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मुख्यमन्त्री अरविन्द केजरीवालले ६ दिन लकडाउन गर्ने घोषणा गरेका हुन्। सबै निजी कार्यालयहरू घरबाटै सञ्चालन हुने र सरकारी कार्यालय तथा आवश्यक सेवाहरू खुला हुने समाचारमा उल्लेख छ। मुख्यमन्त्री केजरीवालले लकडाउन नलम्बिने भन्दै गरिब र मजदुरलाइ तत्काल दिल्ली नछाेड्न सुझाव दिएका छन्।
आइतबारमात्रै दिल्लीमा २५ हजार ४ सय ६२ संक्रमित थपिएका थिए। यसअघि दिल्ली सरकारले सप्ताहन्त कर्फ्यू लगाएको थियो।
भारतमा आइतबारमात्रै २ लाख ७५ हजार मानिसमा कोरोना संक्रमण भएको थियो भने १ हजार ६ सय जनाले ज्यान गुमाएका थिए।