काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५५ पीसीआर परीक्षणबाट मंगलबार १६ सय ६७ जना संक्रमित फेला परेको हो । त्यस्तै ६ सय ८३ एन्टिजेन परीक्षणबाट ६९ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।
यसैगरी २४ घण्टामा २५१ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ । सोही अवधिमा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १०२ पुगेको छ । सक्रिय संक्रमित ८ हजार ६ सय ५९ छन् भने क्वारेन्टाइनमा ९२ जना रहेका छन् ।