काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेक्रवित्रम चन्द नेतृत्वको समूहले संविधान, शान्ति र राज्य व्यवस्थाको विरुद्ध गैरकानुनी गतिविधिहरु गर्दै आएको र त्यसलाई समाधान गर्न सरकार लागि परेको बताएका छन । प्रतिनिधिसभामा सोमबार मन्त्री थापाले सो समुहलाई राज्यले नियन्त्रण गर्ने र वार्ता र संवादद्वारा मुल प्रवाहमा ल्याउने प्रक्रियालाई अगाडि बढाइरहेको बताए । उनले काठमाडौंका विभिन्न स्थानमा आइतबार भएका बम बिस्फोटमा मृत्यु भएका र पक्राउ परेकाहरु नागरिक नभएको समेत बताए । गृहमन्त्री थापाको सो अभिव्यक्तिपछि संसदमा केहीबेर जुहारी नै चल्यो ।
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेक्रवित्रम चन्द नेतृत्वको समूहले संविधान, शान्ति र राज्य व्यवस्थाको विरुद्ध गैरकानुनी गतिविधिहरु गर्दै आएको र त्यसलाई समाधान गर्न सरकार लागि परेको बताएका छन । प्रतिनिधिसभामा सोमबार मन्त्री थापाले सो समुहलाई राज्यले नियन्त्रण गर्ने र वार्ता र संवादद्वारा मुल प्रवाहमा ल्याउने प्रक्रियालाई अगाडि बढाइरहेको बताए ।
उनले काठमाडौंका विभिन्न स्थानमा आइतबार भएका बम बिस्फोटमा मृत्यु भएका र पक्राउ परेकाहरु नागरिक नभएको समेत बताए । गृहमन्त्री थापाको सो अभिव्यक्तिपछि संसदमा केहीबेर जुहारी नै चल्यो । गृहमन्त्रीको अभिव्यक्ति लगत्तै नेपाली कांग्रेसकी पुष्पा भुषालले आक्रमणकारी नागरिक नभए उनीहरुको वास्तविक परिचय दिन सरकारसँग माग गरिन् । कांग्रेसकै राजेन्द्र केसीले राजधानीमै सर्वसाधारण त्रसित रहेको भन्दै शान्ति सुरक्षा व्यवस्थामाथि प्रश्न उठाए । सांसद अमरेशकुमार सिंहले सरकारकै आडमा विप्लव समुहले हिंसात्मक क्रियाकलाप गरेको हुनसक्ने आरोप लगाए ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महेश बस्नेतले भने सार्वजनिक स्थानमा आतंक फैलाउने सर्वसाधारण नागरिक हुन नसक्ने भन्दै गृहमन्त्रीको भनाईप्रति समर्थन जनाए । संसदमा गृहमन्त्रीको अभिव्यक्तिको व्यापक आलोचना भएपछि गृहमन्त्री थापाले बिस्फोट गराउनेहरु आपराधिक समुह भएको भन्दै उनीहरु सामान्य जनता नभएको बताए । सरकार र विप्लव समुहबीच साँठगाँठबारे गरिएको प्रश्न नाजायज भएको भन्दै त्यो प्रश्न प्रश्नकर्तासंगै उल्ट्याउन पनि सकिने बताए । त्यसलगत्तै देवेन्द्रराज कडेलले घटनामा संलग्नबारे गृहमन्त्री स्पष्ट पार्नुपर्ने भन्दै सरकार गैर जिम्मेवार बताए । सरकारले संसदमा गैर जिम्मेवार भएर जवाफ दिन नहुने भन्दै कँडेलले सो कुरा संसदको रेकर्डबाट हटाउन सभामुख समक्ष माग गरे । सभामुख कृष्णबहादुर महराले सांसदको मागप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका थिए ।