नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिवेशन रोक्न निर्देशन दिएको छ ।
काठमाडौं। नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिवेशन रोक्न निर्देशन दिएको छ ।
परराष्ट्र मन्त्रालयले संघको निर्वाचन प्रक्रियामा भएका अनियमितताबारे छानबिन भइरहेको र छानबिन प्रतिवेदन नआउन्जेलसम्मका लागि निर्वाचनका काम रोक्न निर्देशन दिएको हो । महाधिवेशन प्रतिनिधि चयन संबन्धमा छानबिन गर्न नेपाल सरकारले अनुगमन समिति गठन गरेको मन्त्रालयले जनाएको छ । अमेरिका, अष्ट्रेलिया, जर्मनी, बेल्जियमलगायत देशमा प्रतिनिधि छनोटमा समस्या रहेको बताइएको छ ।