लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृ शेक परेको छ । उनकी माता कार्लोट जोन्सन वाहलको ७९ बर्षमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । कार्लोट व्यवसायिक चित्रकार थिइन् ।
लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृ शेक परेको छ । उनकी माता कार्लोट जोन्सन वाहलको ७९ बर्षमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । कार्लोट व्यवसायिक चित्रकार थिइन् ।
उनलाई ४० बर्षको उमेर देखि नै पार्किन्सन रोगले दुःख दिदै आएकोमा अहिले उपचार सफल नभइ उनको निधन भएको हो ।
स्थानीय सञ्चार माध्यमहरुले असामयिक रुपमा कार्लोटको निधन भएको र त्यसप्रति धेरैले दुःख व्यक्त गरेको समाचार प्रकाशन गरेका छन् । लेबर पार्टीका नेता सिर कैर स्तारमरले प्रधानमन्त्री जोन्सनको आमाको निधन भएको खवरले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन ।