आयोजक एन्फाले सोमबार कात्तिक ४ गतेदेखि हुने प्रतियोगिताको खेल तालिका औपचारिक रुपमा सार्वजनिक गरेको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा यही दशैं लगत्तै उपमेयर कप महिला फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।
आयोजक एन्फाले सोमबार कात्तिक ४ गतेदेखि हुने प्रतियोगिताको खेल तालिका औपचारिक रुपमा सार्वजनिक गरेको हो । सहभागी ३१ टोलिलाई १० समूहमा विभाजन गरेर समूह चरणका खेल तालिका निर्धारण गरिएको हो । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिता एन्फा कम्प्लेक्स सातदोबाटोमा संचालन हुनेछ ।
प्रतियोगिताका विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । विजेताले ५ लाख नगद पुरस्कार पाउने छ भने उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०÷२० हजार पाउने एन्फाले जानकारी दिएको छ । प्रतियोगिता अन्तर्गत हरेक दिन ३ वटा खेल संचालन हुनेछन् ।
यस्तो छ खेल तालिका–