सोमालियाको राजधानी मोगादिसुमा भएको आत्मघाती कार बम विस्फोटमा कम्तीमा ८ जना मारिएका छन् ।
सोमालियाको राजधानी मोगादिसुमा भएको आत्मघाती कार बम विस्फोटमा कम्तीमा ८ जना मारिएका छन् ।
बिहीबार इस्लामिक लडाकूहरूले विस्फोटक पदार्थले भरिएको एउटा गाडी प्रयोग गरेर संयुक्त राष्ट्र सुरक्षा कार्यालयमा आत्मघाती आक्रमण गर्दा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको अधिकारी र प्रत्यक्षदर्शीहरूले बताएका छन् । इस्लामवादी समूह अल शबाबले मोगादिसुलाई हल्लाएको यो ठूलो विस्फोटको जिम्मेवारी लिएको छ । शहर माथि धुवाँको मुस्लो उठेको यो विस्फोटमा परी स्कूले विद्यार्थीहरू सहित कम्तीमा २३ जना घाइते भएका छन् । घटनास्थल वरिपरि गोली समेत चलेको प्रत्यक्षदर्शीको भनाइ छ । घटनामा संयुक्त राष्ट्र संघका स्पष्ट कुनै कर्मचारीहरू मारिएका वा घाइते भएको नभएको भने स्पष्ट भेसकेको छैन ।
प्रहरी प्रवक्ता अब्दिफाताह अदेन हसनले पत्रकारहरूलाई भने, “हामीले आठ जनाको मृत्यु भएको र १३ विद्यार्थीहरू सहित अन्य १७ जना घाइते भएको भेटेका छौं।” उनले विस्फोटक पदार्थले भरिएको एसयूभीमा आएका आत्मघाती हमलाकारीले राष्ट्रसंघीय सुरक्षा कार्यालयलाई निशाना बनाएको बताए । आमिन एम्बुलेन्स सेवाले विस्फोटमा घाइते भएका कम्तीमा २३ जनालाई बाहिर निकालेको सेवाका निर्देशक अब्दिकादिर अब्दिरहमानले रोयटर्सलाई बताए ।