तिम्रो तिखा आँखामा लुकेका कोमल माया जस्तै कसरी झर्दै छ हिउका भुवाहरु ? जसरी मिलनका अन्तिम अन्तिम पलहरुमा झरेथे हाम्रा दुईजोर आँखाबाट जिन्दगीका अन्तिम संयुक्त आसुहरु
शिर्षकः सुन्यौं ?
सुन्यौं?
झ्यालका जेबबाट छिरेका
सुस्त बुँदहरुको स्पर्स ?
यो शिशिरे बर्षाको करतल ध्वनी ?
यो शुष्क शिशिर भित्र
लुकेको आद्रता ?
तिम्रो तिखा आँखामा लुकेका कोमल माया जस्तै
कसरी झर्दै छ हिउका भुवाहरु ?
जसरी,
मिलनका अन्तिम अन्तिम पलहरुमा
झरेथे हाम्रा दुईजोर आँखाबाट
जिन्दगीका अन्तिम संयुक्त आसुहरु
मलाई त अझै पनि प्यारो लाग्छ
यो शुष्कता भित्रको आद्रता
यो सुक सुकाहाट भित्रको रोदन
यो एकाङ्गी भित्रको मनोबाद
के तिमिलाई छुदैन ?
यी तमाम अनुभुतिहरुले ?
सुन्यौं ?
दुईजोर चप्पलका आवाजहरु
चरप चरप यो जाडोमा
लाग्दैन तिमिलाई ?
दुईजोर चप्पलहरु
कसरी हिड्दै होलान् यो शुष्क झरीमा ?
तिमी र मजस्तै
मेरो गोजिमा तिम्रो हात
तिम्रो गोजिमा मेरो हात !
के गरेनन् होला त तिनिहरुले
हामिले जस्तै यो झरीमा ?
सुन्यौं ?
बाहिर कतै मसिनो स्वर ?
प्यारले लाडिएका लाल जोडिहरुको उद्देलना ?
पक्कै पनि
तिमीले सुनेकै हुनुपर्छ
या सुन्न चाहादैनौ ?
तिमीले सम्झेकै हुनुपर्छ
या सम्झन चाहदैँनौ ?
यो शिशिर
यो शुष्क झरी
ती हिउका भुवाहरु १
वस् सब चिज दोहोरीन्छन् हरेक साल
दोहोरीदैन त केबल ती पलहरु !
सुन्यौं ?
जाडोले काठ्याग्रिएका
स्यालका आवज हरु ?
कसरी आत्तिएर टासिन्थ्यौ तिमी
यो छातिमा ?
सुन्यौं ?
दुईजोर चप्पलको आवाज
पक्कै सुन्नुपर्छ तिमिले
वा कानेटोपिले छोपेकीछौं
तिम्रा कानहरुलाई ?
रचनाः सुनिल पाेखरेल, गाेरखा सिरानचाेक ५