गायन रियालिटी शो द भ्वाईस किड्सको उपाधि झापाका जेनिश उप्रतीले हासिल गरेका छन् ।
काठमाडौं । गायन रियालिटी शो द भ्वाईस किड्सको उपाधि झापाका जेनिश उप्रतीले हासिल गरेका छन् ।
शनिवार भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी दर्शकको भोट पाएर गायक प्रमोद खरेलको टिमका जेनिश पहिलो द भ्वाईस किड्स बन्न सफल भएका हुन् । विजेता बनेसंगै उनले प्रतियोगिताको मुख्य ट्रफीसंगै नगद १५ लाख पुरस्कार र अन्य गिफ्ट ह्याम्परहरु प्राप्त गरेका छन् । विभिन्न समूहबाट आएका २५ वाल प्रतिभाहरुमध्येबाट अन्तिम चरणमा छनोट भएका ८ मध्ये जेनिशले उपाधि जितेका हुन् ।
फ्रेञ्च आइज रियालिटी शो द भ्वाइसले किड्स सिरिज सकिएलगत्तै द भ्वाइसको मुख्य विधाको अडिसन शुरु हुने जनाएको छ ।