राजनितिक प्रतिको वितृष्णा, उम्मेदवारप्रतिको अनाकर्षण, दलका उम्मेदवारभित्र विकल्प नहुनु, परीक्षणको लागि नयाँको खोजीको रुपमा बालेन शाह, हर्क साम्पाङजस्ता स्वतन्त्र पात्र देखा परेका हुन् ।
काठमाडाैं । राजनितिक प्रतिको वितृष्णा, उम्मेदवारप्रतिको अनाकर्षण, दलका उम्मेदवारभित्र विकल्प नहुनु, परीक्षणको लागि नयाँको खोजीको रुपमा बालेन शाह, हर्क साम्पाङजस्ता स्वतन्त्र पात्र देखा परेका हुन् ।
मतदाताले पक्कै पनि पैसा खाए । अर्थात् भोट किन्न खोज्नेहरुबाट रकम लिए नत्र स्थानीय तहको चुनावमा करोडौं खर्च कसरी भयो ? हो यो प्रश्न गर्ने ठाउँ छ । जे गरे ठिक गरे जनतालाई पैसाको तुक देखाउनेको पैसा लिए किनकि त्यो उनीहरुको आवश्यकता पनि थियो होला तर भोट चै छानेरै हाले भन्नेको जमात पनि कम छैन । अर्थात् हाम्रालाई भन्दा राम्रालाई चुने । टेस्टेड अनुहारभन्दा नयाँ विकल्प रोजे ।
बालेन शाह लहड हुन् । उनी महानगरमा युवाको लहडको रुपमा उदाएका हुन् र लहडले राजनिति हुँदैन भनेर भन्नेको जमात पनि कम थिएन। यसअघिको स्थानीय चुनावमा रन्जु दर्शनाकै हैसियतमा बालेनलाई हेरिएको थियो तर बालेन अर्कै भएर निस्किए । उनले मेयर पद नै जितेका छन् । यो मात्र उनको सफलता होइन् पुरा जनताको सफलता हो र यो राजनितिक दलको लागि जनताको मिठो झापड हो ।
अहिलेका मतदाता भेडा छैनन् । अब सुँझबुँझले अगाडी बढ्न सिकेका मतदाताले एकै छाप लगातार होइन छानी छानी भोट हाल्न सिके । र यसरी छान्दा पुराना देखिएका चिन्ह्र होइन नयाँ “लौरो” खोजे ।
यस पटकको स्थानीय तहको निर्वाचन सरकारमा रहेका पाँच राजनितिक दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीचको लडाई थियो । नेकपा एमालेलाई हराउन गठबन्धनले सक्दो भूमिका खेल्यो । तर गठबन्धन र एमाले दुबैले वेवास्ता गरेका बालेनलाई मतदाताले 'नोट' गरिराखेका थिए ।
यसअघि काठमाडौं महानगर पालिकाका प्रमुख रहेका नेकपा एमालेका विद्यासुन्दर शाक्यको काम गराई प्रति महानगरबासी खुसी थिएनन् । स्वयम् नगरका कोर भनिएका नेवार समुदायसमेत उनको कार्यशैलीमा सहमत हुन सकेन । फलत् उनले यसपटक टिकट पाएनन् । गठबन्धनको डर मानिरहेका अध्यक्ष केपी शर्मा ओलीले गतिलो उम्मेदवार नभेटिरहेका बेला केशव स्थापितले आफ्नो ज्यादु देखाउने आश्वासन दिएपछि टिकट त पाए । तर उनले आफ्नै कारणले मतदाताको मन जित्न सकेनन्। पहिले नै महिलाप्रति विवादित छवि भएका र महिला हिंसाविरुद्धको 'मिटु' अभियानमा समेत नाम जोडिएका उनले एक सार्वजानिक कार्यक्रममै एक यूवतीको प्रश्नमा आक्रोशित हुँदै यू आर नाइस लेडि बट थुतुनो ठिक भएन भन्ने विवादास्पद अभिव्यक्तिले झनै विवादमा तानिए । त्यसपछि उनले मिडियामा पनि विवादास्पद र सन्की अन्तर्वाता दिन थाले जुन उनका लागि घातक र स्वतन्त्रका उम्मेदवार बालेन शाहका लागि फलदायी सावित भयो । स्थापितको यो भनाईले पनि धेरै मत काटेको विश्लेषण धेरैले गरेका छन् ।
स्थापितले बालेनकोबारेमा यस्ता टिप्पणी गरेकि एक अन्तवार्तामा बालेन आफैले भनेका छन्, स्थापितले उनको निर्वाचनको प्रचार र चर्चा गरिदिएका छन् । केशव स्थापितको अभिव्यक्तिबाट वाक्क दिक्क भएकामतदाताले उनलाई भोट दिएनन् ।
न त नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले नै भोट पाइन । सक्रिय निर्वाचनबाट अलग रेहकि सिर्जना सिंहले मेयरको टिकट पाउनुमा उनका पति प्रकाशमान सिंहको हात भएको स्पष्ट छ । पार्टी अधिबेशनमा सभापति शेरबहादुर देउवालाई समर्थन गरेवापत पाएको टिकटमा कुनै ज्यादु थिएन नत उनको राजनितिक सक्रियता ।
बालेन शाह चर्चित हिपहप गायक हुन्, युवालाई थाहा छ, । उनी स्ट्रक्चरल इञ्जिनियर हुन, त्यो पनि हामीलाई थाहा भयो। त्योभन्दा बढ्ता उनी काठमाडौंलाई माया गर्ने मान्छे हुन् । काठमाडौंलाई माया गर्न यहीको लोकल नेवार हुनुपर्छ भन्ने सोच शाहले बदलिदिएका छन् । उनको पुर्खा काठमाडौंको नभएकोले उनलाई कोर एरियाको भोट आउँदैन भन्ने आँकलन पनि फेल खाएको छ । यसरी उनी देशकै प्रभावशाली ठानिएको महानगर पालिका अर्थात् काठमाडौं महानगरपालिकाको नगरपिता बनेका छन्। अबका ५ वर्ष उनले कसरी काम गर्लान् त्यसले राजनितिमा युवाको भविष्य पनि निर्धारण गर्ने छ। अहिलेलाई बालेन उनलाई शुभकामना ।