नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बुधबार ४ सय रुपैयाँले घटेर ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ८०० रुपैयाँ तोकिएको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बुधबार ४ सय रुपैयाँले घटेर ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ८०० रुपैयाँ तोकिएको छ ।
त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले गिरावट आएर एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।