मंगलबार अफगानिस्तानमा आएको शक्तिशाली भुकम्पमा परी कम्तीमा दुई सय ५० जनाको ज्यानको गएको छ । भुकम्पमा परी दर्जनौं घाइते भएका छन्।
एजेन्सी । मंगलबार अफगानिस्तानमा आएको शक्तिशाली भुकम्पमा परी कम्तीमा दुई सय ५० जनाको ज्यानको गएको छ । भुकम्पमा परी दर्जनौं घाइते भएका छन्। भने हताहतीको संख्या पनि बढ्ने आँकलन गरिएको छ । भुकम्प दक्षिण पूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा रहेको जनाइएको छ ।
भूकम्पको धक्का अफगानिस्तान, पाकिस्तान र भारतको ५०० किलोमिटरभन्दा बढी क्षेत्रमा महसुस गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार करिब ५१ किलोमिटर गहिराइमा रहेको ६.१ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ ।
एक स्थानीय अधिकारीले सामाजिक सञ्जालमा मानिसहरूलाई स्ट्रेचर, भग्नावशेष र भत्किएका घरहरूको फोटा सार्वजनिक गरेका छन् । उक्त क्षेत्रमा थप विपद् आउन नदिनका लागि तत्काल उद्धार टोली पठाउन हामी दाताहरूलाई सरकारका प्रवक्ता बिलाल करिमीले आग्रह गरेका छन् ।