मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रोकिँदा युएई फाइनलमा पुगेको छ।
काठमाडाैं । मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रोकिँदा युएई फाइनलमा पुगेको छ।
किनरारा एकेडेमी ओभलमा भइरहेको खेल नेपालको इनिङ्स सकिएलगत्तै वर्षाले रोकिएको थियो। यसअघि आश्मिना कर्माचार्यले युएईको ५ विकेट लिएपछि फाइनल प्रवेशका लागि नेपालले ८२ रनको लक्ष्य पाएको थियो।