सुनकोशी नदीमा आईतवारदेखि बेपत्ता रहेका दुई जना बालबालिको शव फेला परेको छ ।
काठमाडौँ । सुनकोशी नदीमा आईतवारदेखि बेपत्ता रहेका दुई जना बालबालिको शव फेला परेको छ ।
उनीहरु होली खेलेर नुहाउने क्रममा बेपत्ता भएका थिए । बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने ९ वर्षीय रेखा मगरको शव मृत अवस्थामा भेटिएको हो भने मंगलबार सोही ठेगाना बस्ने ६ वर्षीय रिदम मगर मृत अवस्थामा फेला परेको थियो । रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका २४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका वडा नम्बर २ टप्पुभन्ने स्थानमा फेला परेका थिए । ९ वर्षका लोकचन्द्र मगर भने अझै वेपत्ता रहेका छन् । प्रहरीले बेपत्ता बालकको खोजी कार्य जारी रहेको बताएको छ ।