मधेश प्रदेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । बिहीबार नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई उद्योग तथा पर्यटन मन्त्रालय र नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र गृह सञ्चार तथा कानुन राज्यमन्त्री नियुक्त भएकी एमालेकी शारदा थापाले शपथ लिएका हुन् ।

माओवादीले उद्योग पर्यटनमन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर उनको ठाउँमा भट्टराईलाई मन्त्री बनाएको हो ।
राज्यमन्त्रीसहित चारैजना नवनियुक्त मन्त्रीले आजै शपथ लिएका छन् । तीन मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवले एक कार्यक्रमका बिच शपथ ग्रहण गराएका छन ।