अर्थतन्त्रको अवस्था कस्तो छ भनेर जान्ने कुरामा धेरै विवाद रहे पनि संसारभर प्रचलित विधि भनेको आर्थिक वृद्धिदर नै हो । सामान्यतः विश्वमा कुनै पनि देशको आर्थिक बृद्धिदरको गतिशीलताका आधारमा सो मुलुकको आर्थिक अवस्थाको पहिचान गरिन्छ । यही प्रसंगमा पछिल्लो तीन वर्षको नेपालको आर्थिक वृद्धिदरको औषत दर ७ प्रतिशत नाघेको देखिन्छ । विश्व बैंकको एक प्रतिवेदनका अनुसार नेपालको आर्थिक वृद्धिका ४ वटा प्रमुख कारण रहेका छन ।
अर्थतन्त्रको अवस्था कस्तो छ भनेर जान्ने कुरामा धेरै विवाद रहे पनि संसारभर प्रचलित विधि भनेको आर्थिक वृद्धिदर नै हो । सामान्यतः विश्वमा कुनै पनि देशको आर्थिक बृद्धिदरको गतिशीलताका आधारमा सो मुलुकको आर्थिक अवस्थाको पहिचान गरिन्छ ।
यही प्रसंगमा पछिल्लो तीन वर्षको नेपालको आर्थिक वृद्धिदरको औषत दर ७ प्रतिशत नाघेको देखिन्छ । विश्व बैंकको एक प्रतिवेदनका अनुसार नेपालको आर्थिक वृद्धिका ४ वटा प्रमुख कारण रहेका छन ।
पहिलो २०७२ को भूकम्पपछिको पुनःनिर्माणमा निरन्तरता, दोस्रो बिजुलीको पर्याप्तता र निरन्तरता, तेस्रो राम्रो मनसुन र मौसमी अनुकुलता र, चौथो भूकम्पपछि पनि पर्यटक आवागमनको निरन्तरता ।
अर्थतन्त्रको मजबुतीका यी आधार स्तम्भहरुको स्थायी विकास नभएकै कारण उच्च वृद्धिदरका बाबजुद अर्थतन्त्रका जोखिमहरु भने यथावत् नै रहेका छन् । अबको चुनौती भनेको अर्थतन्त्र वृद्धिका प्रमुख कारणहरु मध्ये केहीलाई स्थायीरुपमै दिगो बनाउन जरुरी छ ।
सवैलाई थाहा छ नेपालको आर्थिक बृद्धि मनसुनमा निर्भर छ । कागजमा जे देखाइए पनि सत्य त्यस्तो छैन । अहिले पनि नेपालको कुल खेतीयोग्य जमिनको २५ प्रतिशत क्षेत्रमा मात्र सिचाई सुविधा पुगेको छ । कृषिमा सुधारका लागि कृषि सिँचाईमा भएका लगानी एवं यान्त्रिकिकरणका प्रयासले अपेक्षा अनुरुप उपलब्धि दिन सकेका छैनन । सिँचाईलाई ५० प्रतिशत मात्रै पनि पुर्याउन र यसको व्यवसायीकरणमा जोड दिन सकेमा कृषि क्षेत्रको अवस्थामा आमुल र दिगो सुधार आउन सक्छ ।
अर्कोतर्फ औद्योगिक क्षेत्रको विकासका लागि अन्तरसरकारी समन्वयको अभाव पनि आर्थिक विकासका लागि अवरोध पहिचान गरिएकै विषय हो । औद्योगिक विकासका लागि उद्योगले आवश्यक जमिन र केही सुविधाको माग गर्नु स्वाभाविक विषयनै हो । यसमा सरकारी संयन्त्रबीच समन्वय हुन आवश्यक छ । औद्योगिक वातावरणको निर्माणमा यस्ता समन्वयको ठूलो भूमिका हुने गर्छ ।
यसैसँग जोडिएको अर्काे विषय पनि छ । स्वदेशमै उपलब्ध हुने वा भैरहेका औद्योगिक कच्चा पदार्थको पहिचान र यसबाट चल्न सक्ने उद्योगहरुमा बाह्य पुँजीलाई आमन्त्रण । औद्योगिक विकासका लागि यो धेरै भरपर्दाे र दिगो उपाय पन हो । यसबाट शिपको विकास हुनुका साथै उत्पादनले पनि राम्रो बजार पाउन सक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न ।
यस्तै, पर्यटन नेपालको अर्थतन्त्रको विकासको लागि एक भरपर्दाे साधन हो । प्रशस्त सम्भावना भएर पनि पर्यटकीय पूर्वाधारमा सरकारले काम गर्न सकेको छैन, जसको फाइदा अर्थतन्त्रले पाउन सकेको छैन । हाल नेपालको सिमित पूर्वाधारले मात्र पर्यटकलाई लामो समय टिकाउन सक्छ । पर्यटकिय सम्भावना भएका क्षेत्रमा आवश्यक पूर्वाधारहरुको निर्माण र त्यहाँ पर्यटकहरु रोकिन सक्ने सुविधाहरुको विकासका लागि सरकारले योजनावद्ध काम गर्न नसकेको लगभग प्रष्ट नै भैसकेको छ । यसका लागि सरकारले स्वदेशी तथा विदेशी पुँजीको परिचालनमा विकल्प रहित तवरले अगाडि बढनुको विकल्प छैन ।
यो चुनौतिहरुको सामना सरकार एक्लैले गर्न सक्दैन । अब अर्थतन्त्रको सुधारका लागि थाल्नुपर्ने कदम भनेको निजी क्षेत्रसँगको समन्वय हो । निजी क्षेत्रसँग देखिएको अविश्वासलाई चिर्नु पनि सरकारको प्राथमिकतामा हुनुपर्छ । यसका लागि निजी क्षेत्रले पनि निरन्तर विश्वसनिय सहयोगीको रुपमा आफुलाई सावित गर्दै जानुपर्छ ।
निजी क्षेत्रमा प्रवाह हुने कर्जामा ह«ास, निर्माण सामाग्री र यसको कच्चा पदार्थको उत्पादन र आयातमा गिर्दाे अवस्था, कृषिको औद्योगिकरणका लागि निजी क्षेत्रको अन्यमनस्यकता अर्थतन्त्रको विकासका लागि राम्रा विषय होइनन् । विश्वसनिय औद्योगिक वातावरण बनाउन सकेमा बढदो ऊर्जा उत्पादनको खपत र सूचना प्रविधिमा आधारित अन्य उद्योगको विस्तार पनि सँगसँगै जान सक्छ ।